२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा छायांकन गरिएको “गुराँस फुलेको ” गीत बजारमा



१२ बैशाख,घोराही – “गुराँसफुलेको ” गीत बजारमा आएको छ । मंगलबार साँझ राजेश भण्डारीको अफिसियल युटुब च्यानलबाट गीत बजारमा आएको हो । दाङका विभिन्न स्थामा छायांकन गरिएको गीतमा माया प्रेमको भावलाई दर्साउन खोजिएको छ।

टिका सानु,राजेश भण्डारी,सन्दिप सेन्चुरी र प्रगति बिष्टको स्वर रहेको गीतमा राजेश भण्डारीको लय र लक्ष्मी ठकुरी र सन्दिप ठकुरीको शब्द रहेको छ । खेमराज गौतमको एरेन्ज रहेको गीतलाई मारुनी स्टुडियोमा रेकड गरिएको हो । सुमन रानाको रेकडिङ्ग र कुमार रानाको मिक्सिंग रहेको छ ।

बिरेन्द्र ओलीको कथा निर्देशन रहेको भिडियोलाई सरोज शाहीले खिचेका हुन् भने सम्पादन निराजन केसीले गरेका छन् र तिलक शाहीको कोरियोग्राफी गरेका हुन् साथै निर्मला मगरको मेकअप रहेको छ । भिडियोमा बिमला थापा,सुरेन गिरि,ममता रोका लगायत थुप्रै जनाको दमदार अभिनय रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्