२०८१ जेष्ठ ३१ गते बिहिवार

कुवेतमा अलपत्र परेको दाङकी एक महिलाको शव नेपाल ल्याईदै



२३ साउन, घोराही- वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव नेपाल पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल ल्याउन लागिएको हो ।

घरेलु कामदारको रुपमा कुवेतमा खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तारिकमा उनको मृत्यु भएको थियो ।

मृतक खत्री गैरकानुनी बाटो हुँदै नेपालबाट श्रम स्वीकृति नगरी कुवेत पुगेको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा अलपत्र अवस्थामा थियो।

अस्पतालमा शव अलपत्र परेपछि त्यहाँस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए)  कुवेतलाई जानकारी गराएको थियो । एनआरएनए पहलमा कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाहरूले आर्थिक जुटाएर शव नेपाल पठाउने तयारी थालिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए । अब छिट्टै कानुनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने नेपाली दूतावास श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्