२०८१ जेष्ठ ३१ गते बिहिवार

भारतको रुपैडीहाबाट दाङका युवा प्रहरीको नियन्त्रणमा



२६ भदौ, दाङ- बाँके प्रहरीले पचास ग्राम ब्राउन सुगरसहित भारतको रुपैडीहाबाट नेपालगञ्ज आउदै गरेका दाङको घोराही –११ का २५ वर्षिय युवालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरुगरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार ईप्रका जमुनाह र लागुओैषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले दाङका सञ्जय नेपालीलाई नियन्त्रणमा लिन सफल भएको हो ।

नेपालीले जुत्तामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले शंका लागि खान तलास गर्दा ५० ग्राम ब्राउन सुगर जस्तो धुलो पदार्थ बरामद गरि अनुसन्धान सुरु गरेको डिएसपी डाँगीले बताए ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्