२०८१ जेष्ठ ३१ गते बिहिवार

युकेमा छायांकन गरिएको “रोधीघरमा भेट भयो मायालाई ” गीत बजारमा



१९ बैशाख, घोराही- “रोधीघरमा भेट भयो मायालाई ” गीत बजारमा आएको छ । भूमिका शाह अफिसियल युटुब च्यानलबाट गीत बजारमा आएको हो । सोल्टी सोल्टिनीको मायाको भावलाई यो गीतले दर्साउन खोजेको छ । गीत युकेमा छायांकन गरिएको हो । सोही ठाउँमा रहेका विभिन्न संघसस्थाले भिडियो निमार्णमा सहयोग गरेका हुन् । गायिका शाह पछिल्लो समय विदेशका कार्यक्रममा ब्यस्त रहेकी छिन।

गायिका भूमिका शाह र नरेन्द्र आचार्यको स्वरमा रहेको गीतमा भूमिका शाहको शब्द र लय रहेको छ भने याम थापा मगरको एरेन्ज रहेको गीतलाई ओन डीबी स्टुडियोमा रेकड गरिएको हो ।

भूमिका शाहको कथा निर्देशन रहेको भिडियोलाई नन्दलाल पुनले खिचेका हुन् । नन्दलाल पुनको कलर सम्पादन रहेको छ ।

भिडियोमा भूमिका शाह र गोरे गुरुङ लागायत टिमको दमदार अभिनय रहेको छ भने न्यु लक्ष्मी ज्वैलर्स युकेकि संचालक लक्ष्मी राइले यो गीतमा प्रोडक्सन गरेकी छन् ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्