२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुरमा छाडा पशुचौपाया छोड्नेलाई कारवाही गर्न माग



१८ बैशाख, तुलसीपुर- दाङको तुलसीपुरमा जथाभावी छाडा रुपमा पशुचौपाया छोड्नेलाई कारवाही गर्न स्थानियले माग गरेका छन् । बिच सडकमै छाडा गाईबस्तुहरु यत्रतत्र हुदा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै यसरी गाईबस्तुहरु छोड्नेलाई कारवाही गर्न उनीहरुले माग गरेका हुन् ।

नगरपालिकाले यस्तो व्यवस्था नगरेसम्म छाडा रुपमा पशुचौपाया छोड्ने प्रवृति नरोकिने तुलसीपुर–७ पर्सेनीका चिरणजिवी रेग्मीले बताउनुभयो । गाईले दुध दिदासम्म र गोरुले जोत्दासम्म पाल्ने  त्यसपछी छाडा रुपमा छोडिदिने अमानविय कार्यका कारण अहिले बजारका प्रत्येक चोक अनि गाउँका कुना कुनामा पशु चौपायाहरु छरपस्ट देखिने गरेको तुलसीपुर–६ का भरतमणी आचार्यले बताउनुभयो ।

यसलाई नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । दिउसोको समयमा खासै नदेखिएपनी बेलुका र बिहानी पख सडकमा जथाभावी छाडा गाईगोरुहरु देखिने गरेका छन् । केही व्यक्तिहरुको लापरवाहीले गर्दा आम मानिसहरूले सास्ती भोगिरहनु परेको छ । यता तुलसीपुर उपमहानगरपालिकाले भने विगतको तुलनामा अहिले छाडा गाईबस्तुहरुको व्यवस्थापन हुदै गएको बताएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्