२०८१ जेष्ठ ६ गते आइतवार

दाङ प्रशासनकै १३ बिगाहभन्दा बढी जमिन अतिक्रमित



११ वैशाख, घोराही-दाङमा जिल्ला प्रशासन कार्यालयको १३ बिगाहा भन्दा बढी जग्गा अतिक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका नाममा घोराही उपमहानगरपालिका–१४ अन्तर्गत कपासी र झिँगौरामा रहेको करिब १३ विगाहा १४ कट्ठा तीन धुर जग्गा वर्षौँदेखि अतिक्रमणमा परेको हो ।

अतिक्रमित जग्गामा घरहरू बनाएर मानिसहरू बसोबास गर्नेदेखि पार्क निर्माण गर्नेसम्मका काम भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार अतिक्रमित जग्गामा १२ वटा जति पक्की घरहरूसँगै ३० भन्दा बढी कच्ची घर निर्माण भएका छन् । प्रशासनले अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया सुरु गरेको छ । नापी कार्यालयले प्रशासनको नाममा रहेको जग्गा छुट्टाउने काम गरेपछि त्यहाको बसोबास हटाइने प्रजिअ सुवेदीले बताए ।

त्यहाँ बसोबास गर्ने वास्तविक सुकुम्वासी र भूमिहीन भए नभएको पहिचान गरेर जग्गा खाली गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्