२०८१ बैशाख १२ गते बुधवार

प्रजनन् स्वाथ्यमा सचेत बनाउने अभियान



घोराही, २९ असोज । प्रजनन् स्वास्थ्य अति संवेदनशिल र आवश्यक बिषय हो । तर यही बिषय समाजमा लाजको बिषयका रुपमा लिइदैँ आइएको छ । ग्रामिण समाजमा प्रजनन् स्वास्थ्यका बिषयमा कुरा गर्दा अझै पनि शिर निहुराउनेहरुको संख्या उल्लेखिय छ । शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा प्रजनन् स्वास्थ्यका बिषयमा नागरिकलाई जानकारी छैन् । जानकारीको अभावमा खासगरी महिलाहरुले स्वास्थ्य समस्या भोग्दैँ आएका छन् । सुनेको भरले महिलाहरुले स्वास्थ्यका सवालमा अनेकन समस्या भोग्नु गरेको छ । बिगतका तुलनामा नागरिकहरुमा चेतनाको स्तर बढेपनि हुनुपर्ने जति विकास नभएको स्वाथ्यका क्षेत्रमा काम गर्नेहरुको भनाई छ ।

यसै बिषयमा घोराहीमा बुधवार घोराहीमा प्रजनन् स्वास्थ्य सम्वन्धि अभिमुखिकरण गरियो । ग्रामिण महिला उत्थान केन्द्रिय कार्यालय घोराहीले परिवार नियोजन कार्यालयको सहजीकरणमा उत्थान केन्द्रका बिभिन्न कार्यक्रमका शाखा कार्यालयमा काम गर्ने कर्मचारी तथा अन्य सरोकार राख्नेहरुलाई अन्तिर्रक्रियामा सहभागी गराउदैँ कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागी भएसंगै धेरै कुराहरु जान्न पाएको र समाजमा काम गर्ने समयममा आवश्यक परेको समयमा प्रजनन् स्वास्थ्यका बिषयमा जानकारी गराउन सक्ने भएको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरबाट आउनुभएकी समिक्षा बस्नेतले समाजमा काम गर्दा प्रजनन् स्वास्थ्यका बिषयमा पनि जानकारी गराउने बताउनुभयो । प्रजनन स्वास्थ्यका बिषयमा खासगरी महिलाहरुमा जानकारीको अभाव भएको समयमा जानकारी गराउने बताउनुभयो । यस बिषयमा पहिले पनि कुराहरु उठ्ने गर्दथे, तर अव भने म पनि यसवारेमा बताउन सक्ने भएकी छु, उहाँले भन्नुभयो । एक दिन प्रजनन स्वास्थ्यका बिषयमा आयोजित कार्यक्रममा सहभागि भए संगै यो क्षमताको विकास भएको उहाँको भनाई छ । बस्नेत ग्रामिण महिला उत्थान केन्द्रको आत्मनिर्भर लघु बित्त नारायणपुर शाखामा कार्यरत हुनुन्छ ।

समाजमा प्रत्यक्ष रुपमा महिलाहरुसंग काम गर्नुपर्ने संस्थामा काम गर्दै आएको भन्दै उहाँले स्वास्थ्यका बिषयमा सचेत हुन उत्प्रेरित गर्ने बताउनुभयो । यस्तै घोराही १५ की अन्जना चौधरी पनि प्रजनन स्वाथ्य सम्बन्धि सचेतना प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । गढवामा कार्यरत उहाँले त्यहाँ कामको शिलशिलामा स्वाथ्य समस्या भोग्दै आएका थुप्रै महिला संग भेट भैरहने भन्दै उहाँले स्वास्थय सचेतना बाड्ने बताउनुभयो ।

उहाँहरु जस्तै जिल्लाका बिभिन्न ठाउँमा कार्यरत करिव ४० जना महिलाहरुलाई प्रजनन् स्वास्थयका बिषयमा सिकाईएको छ । अभिमुखिकरण कार्यक्रममा परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले प्रजनन स्वास्थ्य, प्रजनन स्वास्थ्यको महत्व, यौन तथा प्रजनन् स्वाथ्य र अधिकार, प्रजनन अधिकार भित्र के–के गर्दछन, प्रजनन स्वास्थ्यको सवालमा कसरी स्वस्थ हुने भन्ने बिषयमा जानकारी गराउनुभएको थियो ।

परिवार नियोजन संघकी बरिष्ठ स्टाफ नर्स सरिता गिरीले सुरक्षित गर्भपतन सेवा, कानुनी प्रावधान, अधिकारका बिषयमा जानकारी गराउनुभयो । यस्तै नेपालको गर्भपतनको स्थिति लगाएतका बिषयमा जानकारी गराउनुभयो । ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले स्वस्थ समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समाजमा प्रत्येक्ष जोडिदैँ आएकाहरुलाई क्षमतावान् बनाउदै समाजमा प्रजनन् स्वाथ्यिका बिषयमा सचेत बनाउन सहभागिलाई आग्रह गर्नुभयो ।

२०५१ सालमा स्थापना भएको उत्थान केन्द्रले परिकल्पना पुरा गर्ने क्रममा रहेको बताउनुभयो । स्थापना देखि आयआर्जज, शिक्षा, कृषि, प्रजनन लगाएतका बिषयमा कार्यक्रम गर्दे आएको भन्दै आगामी दिनमा यी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रमको संचालन उत्थान केन्द्रकी पैरवी अधिकृत रजनी श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्