२०८१ चैत्र ६ गते बुधवार

दाङमा पनि मनाइयो तमु ल्होसार



१५ पुस, दाङ – दाङमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन्। नयाँ वर्षको रुपमा पर्व मनाउँदै लोप हुन थालेको कला, संस्कृति तथा भाषा संरक्षणको माग समेत राखे। समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कृति संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने माग राखेका हुन्।

गुरुङ्ग समुदायको पहिचान उनिहरुले बोल्ने भाषा, लगाउने वेशभूषा र मनाउने चाडपर्वले झल्काउने भएकाले समय क्रमसँगै यि पहिचान हराउने अवस्थामा पुगेका छन्। सरकारले दिवस मनाउनको लागी बजेट दिनुभन्दा भाषा संस्कृती संरक्षणको लागी ध्यान दिनुपर्ने गुरुङ्ग राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष खुमबहादुर गुरुङ्गले बताए।

दिवस मनाउन बजेट नदिए हुन्छ। तर, हामिले बोल्ने भाषालाई लिपिबद्ध गर्न र एकबाट अर्कोमा हस्तान्तरण गर्न भाषा प्रशिक्षणको लागी कार्यक्रम बनाउनुपर्‍यो’उनले भने,‘भाषा संरक्षण भयो भने मात्रै हाम्रो पहिचान जोगिन्छ।’

दाङमा रोल्पा, रुकुम, प्यूठान लगायतका जिल्लाबाट गुरुङ्ग जातीहरु बसाईसरेर आएपछि पुख्र्यौंली कला संस्कृतीको संरक्षणमा पनि जुटेका छन्। तमु ल्होसार पर्वको अवसरमा आफ्नो समुदायको पहिचानसँग जोडिएको वेशभूषा, खानपान तथा नाचगान पिपरीमा कार्यक्रम गरेर प्रस्तुत गरेका हुन। स्थानीय सरकारले लोपन्मुख भाषा, कला संस्कृती संरक्षण गर्न ध्यान दिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्