१६ पुस, दाङ – राष्ट्रिए एकता तथा मेलमिलाप दिबसको अबसर पारेर दाङमा एक सय १ जनालाई न्यानो लुगा बितरण गरिएको छ । नेपाल महिला सघ दाङका सस्थापक तथा नेपाली काङग्रेश दाङ महासमिति सदस्य बिमला योगिको पहलमा दाङमा बालबालिका एबम जेष्ठ नागरिक सहित एक सय १जनालाई ब्लाङकेट तथा न्यानोकपडा बितरण गरिएको हो ।
स्कुल अफ डेमोक्रेसी दाङको आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको आर्थिक समन्वयमा आबश्यकता बोध भएका बिपन्न, एकल द्धन्द प्रभाबति तथा असाहय बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।
सामाजिक सुरक्षा र सामाजिक सद्भाब स्वरुप उक्त समाग्री बितरण गरिएको स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगिले जानकारी दिनुभयो । उहाँले मेलमिलाप दिबसबाट शुरु गरिएको यो अभियानलाई गाउबस्ति सम्म जोड्नका लागी आफुले सामाजिक क्षेत्रमा थप बिभिन्न कार्यहरु गर्दे जाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पे्रस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतमले समुदायमा समस्यामा परेका जेष्ठ नागरिक तथा बालबालिकालाई सामाजिक सुरक्षा स्वरुप प्रदान गरिएको सहयोगले उनिहरुमा उत्साह थपेको बताउनुभयो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका शिक्षा शसक्तीकरणकार्यक्रमका सयोजक लक्ष्मि गुप्ताको स्वागत तथा बिषय प्रबेश बाट शुरु भएको कार्यक्रममा नेपाल महिला सघ दाङका अध्यक्ष गोमा रावत , राष्ट्रिय समाचार समितिका दाङ प्रतिनिधि रन्जिता शर्मा , नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपाने, लगाएतले बोल्नुभएको थियो ।
सस्थाका अध्यक्ष बिमला योगिको अध्यक्षता तथा नेपाल प्रेसयुनियनका केन्द्रीय सदस्य सुलोचना गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण स्कुल अफ डेमोक्रेसी दाङका सचिब लिला शाहले गर्नुभएको थियो ।।