२०८१ मङ्सिर १६ गते आइतवार

घोराहीमा पुनः बिशेष नगर सभा आह्वान गर्न काँग्रेसको माग



१६ पुस,घोराही –
नेपाली काँग्रेस घोराही उपमहानगरपालिका नगर कार्य समितिले पुनः विशेष अधिबेशन आह्वान गर्न माग गरेको छ ।

पुस ११ गतेको नगर अधिवेशनमा आवश्यक बिषय बस्तुमाथि छलफल नै नगरी बहुमतको आधारमा नगर सभा सम्पन्न गर्न खोजिएको भन्दै काँग्रेस घोराहीका सभापति तिलक रावतले बिज्ञप्ति जारी गरि त्यस्तो माग गर्नुभएको हो ।

सम्पूर्ण विचारको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै असहमतिमाथि छलफल गरि समाधान खोजिनु पर्ने तर्क बिज्ञप्तीमा उल्लेख गरिएको छ । छलफलको माध्यमबाट बिभेद बिनाको नगर निर्माण गर्न उहाँले आग्रह समेत गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्