२०८२ बैशाख १८ गते बुधवार

रुकुम पूर्वबाट १८ किलो अवैध लागु औषध अफिम सहित ३ जना पक्राउ



१६ पुस,रुकुम पुर्व । रुकुम (पूर्व) मा ठुलो परिमाणको लागु औषध अफिम सहित तिन जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले १८ किलो लागु औषध अफिमसहित ३ जनालाई पक्राउ गरेको हो ।
१८ किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई छुट्टाछुट्टै ठाउँबाट फरक फरक समयमा पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर ३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे ३ झुङ्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिकमत पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभएको छ ।

उहाँका अनुसार ताराप्रसाद र मन्सरामलाई गएको १४ गते राती ११ः५० को समयमा सिस्ने गाउँपालिका वडा नम्बर ६ को छिप्रीदहस्थित एक हाटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाको नेतृत्वमा गएको टोलीले उनिहरु दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताउनुभयो ।
उनिहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जादा ताराप्रसादसँग अफिम कारोबारमा संलग्न भएका अर्का हिकमतलाई पनि ५ किलो ५ सय ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्