१६ पुस,घोराही ।
दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइलनमा पुगेको छ ।
आज भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो । खेलमा सुदूरपश्चिमले वाग्मतीलाई ७७ रनको लक्ष्य दिएको थियो ।
तर वागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो । वाग्मतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बन्नुभयो ।
कविताले ह्याट्रिकसहित पाँच विकेट लिनुभएको छ । समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगेका छन् । सेमिफाइलनका दुवै खेल पर्सि हुनेछन् । फाइनल खेल भने १९ गते आइतबार हुनेछ ।।