२०८१ फाल्गुन ३ गते शनिवार

कोरोना फेला परेको एक वर्षः १८ लाखभन्दा बढीको मृत्यु



१६ पुस,घोराही।
आज डिसेम्बर ३१ तारिख, विश्वमा पहिलो पटक कोरोना भाइरस फेला परेको दिन । चीनको हुवेइ प्रान्तस्थित वुहान शहरमा आजकै दिन कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।

हुन त हालसम्म यसको उत्पत्ति कहिलेदेखि भएको हो भन्ने विषयमा कुनै तथ्य फेला परेको छैन । तर, विभिन्न अध्ययन अनुसन्धानमा वुहानमा देखिनुभन्दा पहिले नै कोरोना भाइरस पृथ्वीमा रहेको बताइएको छ ।

अझै यस विषयमा अध्ययन हुन बाँकी छ । सन् २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको र पछि विश्वभर महामारीको रुपमा परिणत भएको हो ।

कोरोनाका कारण हालसम्मको तथ्यांक अनुसार ८ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने १८ लाखभन्दा बढीको मृत्यु भएको छ । कोरोनाका कारण संक्रमित भएकामध्ये ५ करोड ८८ लाखभन्दा बढी निको भइसकेका छन् ।

विश्वभर संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ४३ हजार ६ सय १४ पुगेको छ । हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये झन्डै ५ करोड ८८ लाख ५० हजार ९ सय ८८ जना निको भएका छन् ।।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्