२०८१ मङ्सिर १६ गते आइतवार

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ :  राष्ट्रपति भण्डारी



१४ कार्तिक,घोराही –
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

आज लुम्बिनी पुग्नुभएकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको बताउनुुभयो । उहाँले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राख्नुभयो ।

त्यस समारोहको मञ्चमा रहेका सांसदहरू, पूर्वमन्त्रीहरू, मेयरहरूलगायतलाई सम्बोधन गर्दै उहाँले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिनुभयो ।।

 

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्