२०८१ मङ्सिर २५ गते मङ्गलवार

युवकलाई कालोमसो दलेर जुत्ताको मालासहित बजार घुमाइयो




१४ कात्तिक, कैलाली –
कैलालीका एक युवकलाई जुत्ताको माला र मुखमा कालोमसो दलेर बजार परिक्रमा गराइएको छ। शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मुन्डन गराएर कालो मसोसहित वनबहेडा बजार घुमाइएको हो।
उनले मदिरा सेवन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले मदिरा सेवन गरी स्थानीय महिलालाई फोन गरेर दुव्र्यवहार गर्ने गरेको समेत स्थानीयले बताएका छन्।

डाडा टोलका साउँद भारतमा बस्दै आएका थिए। केहीदिन पहिले मात्रै उनी घर आएको स्थानीयले बताएका छन्। साउँदलाई अमानविय व्यवहार गरिएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए। तर प्रहरी नआउँदै स्थानीयले साउँदलाई लुकाएका थिए। नेकपा एमालेका एक स्थानीय नेताको नेतृत्वमा उनलाई कालोमसो दलेर बजार घुमाइएको स्थानीयले बताएका छन्। उता चौमाला प्रहरीले उक्त घटनाबारे आफूलाई कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ।।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्