२०८१ चैत्र १३ गते बुधवार

पछिल्लो २४ घण्टामा ८ लाख ५ हजारले लगाए कोरोना विरुद्धको खोप



१५ भदौ,काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा ८ लाख ५ हजार १२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप दिइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४ लाख ५९ हजार ७६१ जनाले पूणर् खोप पाएका छन् भने ५३ लाख ३९ हजार २५२ जनाले पहिलो डोज खोप लगाएका छन्।

नेपालमा अहिलेसम्म कूल जनसंख्याको झण्डै १५ प्रतिशतले पुर्ण डोज र १८ प्रतिशत जनसंख्या पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा गतवर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिसकेको हो। पहिलो चरणमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्