१५ भदौ,घोराही –
सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी र पहिरोबाट निजी घर गुमाएका प्रभावितलाई अस्थायी आवास निर्माणका लागितत्काल ५० हजार रुपैयाँदिइने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।
उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा तीन लाख रुपैयाँ अनुदान दिने बताउनुभयो । प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ४ हजार ५ सय घर र ९० हजार सर्वसाधारण बाढी र पहिरोबाट प्रभावित भएका छन् ।।
प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार