२०८१ चैत्र १३ गते बुधवार

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या



१५ भदौ, घोराही –
जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन् । अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो । विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले बताउनुभएको छ ।

अस्पतालमा बिभिन्न रोगका १० विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले जानकारी दिनुभयो । विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा, बाल रोग, नाक–कान–घाँटी, छालालगायतका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

अस्पताल विकास समितिले पटक–पटक सरकार संग विशेषज्ञ डाक्टरको माग गरेपनि मागको सुनुवाइ नभएको बताउनुभयो । जसको जिल्लाका बिरामीले सास्ती भोग्नु परेको छ । विशेषज्ञको अभावमा जटिल अवस्थाका गर्भवती महिलाहरु बढी सास्ती भोग्न बाध्य भएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्