२०८१ फाल्गुन ४ गते आइतवार

मेसुलाई मोसो दलेको आरोप लागेका परियारले गरे प्रहरीमा आत्मसमर्पण



१५ भदौ, दाङ –राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । परियार मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् ।
परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए । पक्राउ परेपछि परियारले आफूलाई प्रहरीले लगाएको मुद्दा झूटो भएको भन्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् । चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये अहिलेसम्म परियारसहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ अध्यादेश ल्याएपछि नेपालमा पहिलोपटक अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्