१६ साउन,दाङ- प्यूठानको पाले सामुदायिक वनमा फेला परेको ग्रिनेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बर्द बहादुर गणबाट गएको बम डिस्पोजल टोलीले दिउँसो पौने २ः४० बजे उक्त ग्रिनेट बमलाई निष्कृय पारेको हो । जिल्लाको मल्लरानी गाउँपालिका–४ स्थित पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा उक्त ग्रिनेट बम फेला परेको थियो ।
‘अहिलेको नयाँ होइन । पुरानो र खिया लागेको अवस्थामा भेटिएकाले उक्त ग्रिनेट बम द्धन्द्धकालिन अवस्थाको हुनसक्छ । खासै असर गर्ने नभएपनि स्थानीयले देखेर खबर गरेपछि सेनाको वर्द बहादुर गणबाट गएको टोलीले निष्कृय पारेको हो ।’ प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले भन्नुभयो ।