२०८१ असार ६ गते बुधवार

नागरिकको अटेरीपनका कारण फोहर व्यवस्थापनमा समस्या



१५ साउन, घोराही –
सचेतना प्रवाहको काम व्यापक भएपनि नागरिकमा अटेरीपन बढ्दो भएकाले फोहर व्यवस्थापनका लागि समस्या देखिएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ ले विपत् न्यूनिकरण तथा पुर्ण सरसफाई सम्बन्धि टोल विकास संस्थाका अध्यक्षहरुका लागि आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका अन्तगरगतको सफसफाई व्यवस्थापन शाखा प्रमुख लक्षमण अधिकारी, विपत् व्यवस्थापन शाखा प्रमुख सुनिल शर्मा, वडा सदस्यहरुको उपस्थितीमा गरिएको कार्यक्रममा बोल्ने टोल विकास संस्था अध्यक्षहरुले फोहर व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन नागरिकमा सामाजिक उत्तर दायित्वको भावनाको विकास हुन आवश्यक रहेको बताएका हुन् । अर्काेतिर बजारी क्षेत्रका सबै टोलहरुमा फोहर उठाउने गाडी साप्ताहिक रुपमा समेत नआएको गुनासो गरेका थिए ।

घोराही १४ को जनमैत्री टोल विकास संस्थाका अध्यक्षले खोला तथा नालामा फोहर फल्ने बानी नागरिकबाट अझै नहटेको गुनासो गर्नु भयो । बजार नजिककै खेत र शेवार खोला नजिक रहेको आफ्नो बस्तिमा फोहर फाल्न साझमा अहिले पनि नागरिक पुग्ने गरेको बताउनु भयो ।।

 

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्