२०८१ जेष्ठ ५ गते शनिवार

दृगनारायण पाण्डे राष्ट्रिय सभा सदस्यमा निर्वाचित



१७ जेठ,घोराही –

राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुुभएको छ। कांग्रेस उम्मेदवार पाण्डेले नेकपा (एमाले)उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले पराजित गर्नुुभएको हो । कांग्रेस उम्मेदवार पाण्डेले चार हजार १४० र एमाले उम्मेदवार खड्काले तीन हजार ५९४ मतभार प्राप्त गर्नुुभएको छ।

उपनिर्वाचनमा २९७ जनाले मतदान गरेका थिए। जसमा स्थानीय तहतर्फ खसेको २१२ खसेका थिए भने एक मत बदर भएको थियो।

स्थानीय तहतर्फ खसेका मतमध्ये पाण्डेले ११८ मत र खड्काले ९३ मत पाएका थिए। त्यस्तै, प्रदेश सभाका ८३ सदस्यमध्ये पाण्डेले ४२ र खड्काले ४० मत पाउनुुभएको छ ।

पाण्डेलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो। खड्कालाई जसपाको महन्थ ठाकुर समूहले समर्थन गरेको थियो।।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्