२०८१ जेष्ठ ५ गते शनिवार

वितेको २४ घण्टामा दाङका थप ६ जना संक्रमितको मृत्यु



१७ जेठ, घोराही –
वितेको २४ घण्टामा कोरोनाबाट दाङका थप ६ जना संक्रमितको मृत्यु भएको छ । आज (सोमबार) मृत्युु हुुनेमा घोराहीका दई पुरुष र एक महिला,तुलसीपुरका दई महिला र लमहीकी एक महिला रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाकारी दिएको छ । आज दिउँसो ३ वजे सम्म दिएको जानकारीका अनुसार मृतक सबै बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचाररत रहेका थिए ।

घोराही ७ का ३८ वषिर्य पुुरुष,घोराही १४ की ३८ वर्षिय महिला र घोराही १५ की ६३ वर्षिय महिलाको मृत्युु भएको छ । उता तुलसीपुर ९ की ८५ वर्षिय महिला,तुलसीपुर १२ की ५२ वर्षिय महिला कोरोना संक्रमणका कारण मृत्युु भएको छ ।

त्यस्तै लमही २ का ३८ वर्षिय पुरुषको पनि कोरोनाका कारण आजनै मृत्युु भएको केन्द्रले जनाएको छ । आज थपिएका ६ जना सहित जिल्लामा बैशाख यता मृत्युु हुनेको संख्या १ सय ७७ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्