२०८० फाल्गुन १२ गते शनिवार

घोराहीमा ब्युटिसियन तालिम शुरू




१७ चैत,घोराही –
सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएको छ । तालिम उद्घघाटनसत्रमा बोल्ने वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

उनीहरूले शिक्षालयले यश क्षेत्रको प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले पछिल्लो समय सुन्दरताको महत्त्व बढिरहेको उल्लेख गर्दै ब्युटिपार्लर सम्भावना निकै धेरै भएको धारणा व्यक्त गर्नुभयो ।

शिक्षालयका उप–प्रमुख केशरमान बुढाथोकीले शिक्षालयले वार्षिक ५ हजार जनालाई सीप सिकाउने लक्ष्य राखेको जानकारी दिनुभयो । तालिमको प्रशिक्षक मुना पाण्डे र सहायक प्रशिक्षकमा ज्ञानमाला जिएम रहनुभएको छ । तालिममा दुई सिफ्टमा ४० जना सहभागी छन् ।।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्