२०८१ कार्तिक २३ गते शुक्रवार

खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढ्यो



१७ चैत,घोराही –
नेपालमा तेलको माग वार्षिक साढे ३ लाख मेट्रिक टनको हाराहारीमा रहेको छ । तर देशभरमा सञ्चालित करिव ४० वटा तेल उद्योगले ५ देखि ८ लाख मेट्रिकटन खाने तेल उत्पादन गर्दै आएका छन् ।

नेपाल तेलमा आत्मनिर्भर जस्तो देखिए पनि नेपालमै तेलका लागी आवश्यक कच्चा पदार्थ नहुँदा विदेशबाट आयात गरि खाने तेल उत्पादन भईरहेको छ ।

देशभर करिब २ लाख ८१ हजार ४१ हेक्टर क्षेत्रफलमा तोरी, सूर्यमुखी, भटमास लगायतको खेति गरिएको छ र २ लाख ७८ हजार मेट्रिकटन तेलहनबाली उत्पादन भईरहेको छ ।

सरकारको प्राथमिकतामा तेलहल बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताउनुभएको छ । गत वर्षमात्रै ७५ अर्ब बढिको खाने तेल आयात भएको थियो ।

यसवर्ष कच्चा पदार्थको मूल्य बढेका कारण खाने तेलको मूल्य ३० प्रतिशत सम्म बढेको छ । जसले उपभोक्ताको भान्सालाई महङ्गो बनाईरहेको छ भने, व्यापार घाटा पनि बढाईरहेको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्