२०८० फाल्गुन १२ गते शनिवार

बैशाख १ गतेबाट प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क



१७ चैत, घोराही- नागरिक समाज दाङले नब नियुक्त राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डा.बिकास लामिछाने, रजिस्ट्रार प्रकाश थापालाई बधाई तथा शुभकामना दिदै स्वागत सम्मान गरेको छ । समाजका पदाधिकारी तथा सदस्यहरुले सामुहिकरुपमा प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा पुगेर उहाँहरुलाई स्वागत तथा सम्मान गर्नु भएको हो ।

समाजका संयोजक केबि मसाल, सचीब नारायण प्रसाद श्रेष्ठ, निबर्तमान संयोजक चन्द्रराज पन्त, निबर्तमान सचिब लक्ष्मी आचार्य, सदस्यहरु सुशील गौतम, हरिप्रसाद पाण्डे, श्रीमन न्यौपाने लगायतकाले सफल कार्यकालको शुभकामना दिनु भएको थियो । त्यस अवसरमा प्रतिष्ठानका नब नियुक्त पदाधिकारीसंग समाजका पदाधिकारी तथा सदस्यहरुले छलफल गरेका थिए । छलफलमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछानेले आफु दङ्गालि भएकाले यो स्वास्थ्य सस्थाको प्रमुख भन्दा पनि उपभोक्ताकोरुपमा आफु रहेको भन्दै त्यो अनुसारको प्रतिष्ठानको सेवा सुबिधा बिस्तारसंगै अस्पतालको स्तरोन्नती गर्न आफुले पहल गर्ने बताउनु भयो ।

बिगतको कुरालाई बिर्सिदै अस्पताललाई राम्रो बनाउन नागरिक समाजको निरन्तर खबरदारी आबश्यक रहेको र खबरदारीबाट नै सस्थालाई अघि बढाउन सकिने तर्क उहाँले गर्नु भयो । प्रतिष्ठानको जग्गा प्राप्तीको प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उहाँले जग्गा आउनासाथ पुर्बाधारको काम अघि बढ्ने जानकारी दिनु भयो । उपकुलपति लामिछाने आउने बैशाख १ गतेबाट प्रसुति विशेषज्ञ थपेर २४ सै घण्टा सुरक्षित मातृत्व कार्यक्रम सन्चालन हुने भन्दै छुट्टै भबनमा पोषण पुनस्थापना गृहलाई प्रभावकारीरुपमा ब्यबस्थित तरिकाले सन्चालन गर्न बाल रोग विशेषज्ञ र पोषण अधिकृत खटाउनुका साथै कुपोषित बालबालिकालाई भर्ना गरेर उपचार गर्न सुरु गरिएको बताउनु भयो । उहाँले आउने शैक्षिक शत्रदेखि प्रतिष्ठानमा बिएस्सि नर्सिङ, बिएनएस, बि फर्माको पढाई सुरु गर्न ल्याब, लेक्चर हल तयारी अबस्थामा राखीएको र चिकित्सा शिक्षा आयोगबाट कार्यक्रमसंगै सिट संख्या निर्धारण भएमा आउने जेठको दोस्रोसातादेखि प्रतिष्ठानमा पढाई सुरु हुने बताउनु भयो ।

आफ्नो चार वर्षे कार्यकालमा भौतिक पुर्बाधार जुटाएर एमबिबिएसको पढाई सुरु गर्ने उहाँले प्रतिबद्धता जनाउदै एमबिबिएस चलाउन ४ सय बेडको अस्पताल चाहिने भएकाले बैशाख भित्र शिलन्यास गरिने जानकारी दिदै निर्माण कार्य अन्तिम चरणमा पुगेर चैत सम्म नयाँ भबन हस्तान्तरण गरेमा प्रसुतिसहित इमरजेन्सीको सेवा बिस्तार गरिने बताउनु भयो । उहाँले छिट्टै एमडिको पढाई सुरु हुने बताउनु भयो ।

त्यस्तै प्रतीष्ठानका रजिस्ट्रार प्रकाश थापाले अस्पतालमा मेडिकल अफिसर बाहेक २७ जना कन्सल्टेण्ट डाक्टर रहेको भन्दै अस्पतालको अहिलेको सेवा बिस्तार अत्यन्तै प्रभाबकारी भइरहेको बताउनु भयो । उहाँले केही समयपछि जग्गा प्राप्तीको प्रकृया टुङ्गिने बताउदै गृहमन्त्रालयबाट प्रकृया पुर्याइ स्वास्थ्य मन्त्रालयमा फाइल पुगेमा क्याबिनेटबाट निर्णय हुने उल्लेख गर्नु भयो ।

उहाँले पुराना कुरामा अल्झिन नहुने र नयाँ योजनाका साथ अघि बढ्नु पर्ने बिचार ब्यक्त गर्दै बैशाख भित्र नयाँ भबन उद्घाटन गरेर ४ सय बेडको नयाँ हस्पिटलको शिलन्यास गर्ने योजना रहेको सुनाउनु भयो । साथै उहाँले नागरिक समाजसंग मिलेर काम गर्न तयार रहेकाले सहयोग गर्न आग्रह गर्नु भयो ।

सो अवसरमा बोल्दै नागरिक समाज दाङका संयोजक केबि मसालले बिगतदेखि प्रतिष्ठानको बिकास र बिस्तारमा नागरिक समाजले सहयोग गरिरहेको र आउने दिनमा पनि थप सहकार्य गरेर जान तयार रहेको बताउनु भयो । उहाँले बिरामीहरु टाढा-टाढाबाट आउने भएकाले अतिरिक्त सेवा बिस्तारको सेवाको समय ३ बजेपछि मात्र गर्न प्रतिष्ठानको नेतृत्वलाई सुझाब दिनु भयो । अस्पताल निर्देशक डा। प्रज्ञा बस्नेतले प्रतिष्ठानको सेवा बिस्तारमा नेतृत्वसंग सहकार्य गरेर अघि बढिरहेको धारणा राख्नु भयो ।।

 

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्