१८ चैत, रोल्पा । रोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभाका सदस्य दिपेन्द्रकुमार पुनले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सधै सफल बनाउने बताउनुभएको छ । पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा रुचि राख्ने विद्यार्थी कहिल्यै र कुनै पनि ठाउँमा पछि नपर्ने उहाँले बताउनुभयो । रोल्पाको थबाङ गाउँपालिकाले पहिलो पटक आयोजना गरेको राष्ट्रपती रनिङ
शिल्डको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिल्डमा जित्नैपर्छ भन्ने धारणा राख्नु भन्दा पनि सहभागीता जनाउनु नै ठुलो कुरा भएको उहाँको भनाई छ । प्रतियोगिता निष्पक्ष रुपमा सञ्चालन गर्न पनि उहाँले सुझाव दिनुभयो । रोल्पाका अन्य गाउँपालिका, नगरपालिकामा जारी राष्ट्रपती रनिङ शिल्डमा विभिन्न किसीमका विवादहरु उत्पन्न भएको बताउदै थबाङले शान्त र सौहार्दपूर्ण वातावरणमा शिल्ड सम्पन्न गर्न आग्रह प्रदेशसभाका सदस्य पुनले गर्नुभएको छ । स्थानीय स्तरमा सञ्चालन हुने यस्तै खालका प्रतियोगिताहरुबाट निखारीदै अहीलेका विदार्थीहरु पछि गएर राष्ट्रिय, पअन्तराष्ट्रिय खेलाडि बन्न सकने पनि उहाँले बताउनुभयो ।
यस्तै फरक प्रसंगमा बोल्दै प्रदेशसभाका सदस्य पुनले थबाङ सम्भावनै सम्भावनाले भरिएको गाउँपालिका रहेको बताउनुभएको छ । सम्भावना भएर मात्र गाउँपालिका समृद्धि नहुने बताउदै उहाँले त्यसको विकास र सम्भावनालाई नगदमा बदल्नतर्फ सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । थबाङ गाउँपालिकामै १०० पर्यटकिय गन्तव्यमा पर्ने एक गन्तव्य जलजला रहेकाले पनि यसलाई व्यवस्थित गरी गाउँपालिकाको नाम र सान उच्च बनाउनतर्फ गाउँपालिकाले ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ ।
यस्तै शिलड उद्धघाटन कार्यक्रममा बोल्दै थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले पहिलो पटक आयोजना गरेको राष्ट्रपती रनीङ शिल्डलाई भव्यताका साथ सफल पार्ने बताउनुभएको छ । विद्यार्थीको क्षमता विकाससँगै सर्वपक्षिय विकासको उदेश्य राखी आयोजना गरेको यस शिल्डलाई भव्य रुपमा सफल पार्नको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । खेल क्षेत्रदेखि लिएर विकासका सबै अवयवहरुलाई मजवुत बनाउने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १८ गते बुधवार