१८ चैत, काठमाडौँ । भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ ।
कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष एवं नीति आयोगका सदस्य विनोदकुमार पाललले केही हप्तादेखि देशको अवस्था बिग्रँदै गइरहेको र केही राज्यमा अवस्था गम्भीर बनिसकेको बताए ।
कोरोना भाइरस झन सक्रिय बन्दै गइरहेकोले यसले ठूलो जोखिम निम्त्याउने खतरा बढीरहेको भन्दै उनले पछिल्लो अवस्थाले आफूहरु थप चिन्तित बनिरहेको बताए । उनले कोरोना खोप लगाएको भए पनि मास्क लगाउन, भौतिक दुरी कायम गर्नेलगायत स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको संख्या १ करोड २१ लाख ४८ हजार पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ५ सय २ पुगेको छ ।नेपालटाईम्सिबाट