१७ माघ,काठमाडौं – संविधान सभाका पूर्व-सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गएराति निधन भएको छ ।
मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : २०७८ माघ १७ गते सोमवार