१८ माघ,काठमाडौं । नेपाललाई चीन सरकारले कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीन सरकारले तीन लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा नेपाललाई दिने भएको हो ।
चिनियाँ राजदूतावासका अनुसार नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । दूतावासले आइतबार प्रकाशित गरेको प्रेस नोटमा डेढ लाख नेपाली नागरिकलाई खोप उपलब्ध हुने बताइएको छ ।
प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार