२०८१ माघ ४ गते शुक्रवार

बाहिरी मुलुकबाट नेपाल प्रवेश गर्नुुअघि रिपोर्ट पेशगर्न प्रशासनको आग्रह



१८ माघ,दाङ।

जिल्ला प्रशासन कार्यालय दाङले विदेशबाट नेपाल आउने जोसुकै नागरिकले कोरोना सावधानी अपनाउन आग्रह गरेको छ । आईतवार एक सुचना जारी गर्दै कोरोना भाईरस संक्रमणको नयाँ भेरियन्ट संक्रमण भएका मुलुकबाट नेपाल आगमन गर्ने नागरिकले सिमानाकामा रहेको स्वास्थ्य डेक्समा ७२ घण्टा भित्रको कोरोना रिपोट नेगेटिभ आएको रिपोट पेश गर्नुपर्ने उल्लेख गरेको हो ।

गत माघ ११ गतेको मन्त्रिपरिषदको बैठकले विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिन सम्वन्धी आदेश २०७७ स्वीकृती भएको हुदा सोहि अनुसार सिसिएमसिको वेवसाईटबाट स्थलमार्ग हुदै नेपाल प्रवेश गर्ने नागरिकले अनलाईन फारम भर्ने र सोको बारकोट प्रिन्ट गरी साथमा राख्नुपर्ने, यदि कुनै कारणबास फारम भर्न छुटेमा सिमानाकामा स्वास्थ्य परिक्षण गर्दा फारम भर्नुपर्ने उल्लेख छ ।

यस्तैगरी सिसिएमसीले कोरोना लक्षण देखीएका नागरिकलाई आईसोलेसन केन्द्र वा अस्पतालमा राख्ने र अन्य नागरिकलाई सम्वन्धित स्थानिय तहको समन्वयमा कम्तिमा १० दिन होम आईसोलेसनमा बस्ने व्यवस्था मिलाउन पनि सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जारी गरेको सुचनामा उल्लेख छ।।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्