२०८१ चैत्र १३ गते बुधवार

विप्लव निकट विद्यार्थी नेता पक्राउ



१८ माघ,घोराही ।
रुकुम पश्चिममा नेत्रविक्रम चन्द (विप्लव) समुहको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विद्यार्थी संगठन जिल्ला अध्यक्ष त्रिबेणी गाउँपालिका २ बेतखोलाका २४ बर्षीय प्रेम बहादुर बोहोरा सहित १६ बर्षीय नविन वली, मुसिकोट नगरपालिका १ का १९ बर्षीय सागर बुढा, सोहि ठाउँका १७ बर्षिय अभिषेक बुढामगर र २७ बर्षीय किरण रसाईली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गएको माघ १० गते त्रिवेणी ६ बिसौनी नजिकै सडकमा प्रेसर कुकर बम फेला परेपछि प्रहरीले जिल्लामा सक्रियता बढाएको थियो । सोहि क्रममा उनीहरुलाई मुसिकोट १ रावलबाडामा संगठन बिस्तार गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्