२०८१ फाल्गुन ३ गते शनिवार

च्याम्पियनसिपमा विजयी गोरखा स्कुल डोजाङका खेलाडीलाई सम्मान



१५ पुस, दाङ- दोस्रो राष्ट्रिय व्यवसायिक हाप्किडो च्याम्पियनसिपमा गोरखा स्कुल डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण, ७ रजत र ७ कास्य पदक जितेका छन्। नेपाल हाप्किडो संघद्वारा नेपालगञ्जमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरूले हाप्किडोको विभिन्न विधामा जित हासिल गर्दै आफ्नो खेल कौशल र संघर्षको उत्कृष्टता प्रमाणित गरेका थिए ।

यस्तै मंगलबार गोरखा इन्टरनेशनल स्कूल, घोराहीमा आयोजित विशेष कार्यक्रममा गोरखा स्कुल डोजाङका विजयी खेलाडीहरूको सम्मान गरिएको छ। गोरखा स्कुलका प्रिन्सिपल मानसिंह घर्तीले खेलाडीहरूको परिश्रम र सफलतालाई मूल्यांकन गर्दै उनहरुलाई सम्मान गरेको बताउनु भयो।

गोरखा स्कुल डोजाङका प्रतिनिधित्व विशाल थापाले गर्नुभएको थियो । प्रतियोगितामा रेफ्रीको रूपमा भूमिका निर्वाह समेत गरेका गर्नुभयो। थापाले खेलमा निष्पक्ष र व्यावसायिकता प्रस्तुत गर्दै, प्रतियोगिता शान्तिपूर्ण र व्यवस्थित रुपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएको थियो।।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्