१५ पुस,घोराही-
दाङमा एउटा घरमा आगलागी भएको छ । बबई गाउँपालिका–७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो बेलुकी घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ । आगोलाई स्थानीयले एक घण्टापछि नियन्त्रणमा लिएका थिए । खरको छानो भएकोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उहाँको भनाई छ ।
घरमा ठूला मान्छे कोही नभएको र बालबालिकाहरूले आगो बाल्दा आगलागी भएको बताईएको छ ।।
प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार