१५ पुस, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गर्नुभएको छ ।
कोरोना भाईरसको नयाँ प्रकार संक्रमण दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी मुलुक भारतमा समेत उक्त संक्रमण भेटिएको हुदा समयमै सचेत रहन जारी सुचनामा भनिएको छ । साथै उक्त संक्रमण बेलायतमा पनि देखा परेको र त्यहाँबाट नेपाल आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी सरकारले निर्णय गरेको छ । सोहि बमोजिम सजगता अपनाउन र कोरोना स्वास्थ्य मापदण्ड पालना गर्न जारी सुचनामा उल्लेख गरिएको छ ।