२०८१ चैत्र १० गते आइतवार

२४ घण्टामा ५ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ जनाको मृत्यु



१५ पुस, दाङ । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटिरहेको छ । गएको २४ घण्टामा पाँच सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ सय जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ५१ हजार ९ सय १२ पुगेको छ । आज थप सात जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट एक हजार आठ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्