२०८१ चैत्र ११ गते सोमवार

सुनको भाउ बढ्यो, तोलाको ९४ हजार २ सयमा कारोबार



१५ पुस, दाङ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार नै स्थिर नभएकाले नेपाली बजारमा सुनको भाउ तलमाथि भइरहेको व्यवसायीहरुको भनाइ रहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्