१५ मंसिर, दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त शिक्षाध्यक्षमा प्राध्यापक डा. बसन्त लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले मंसिर १६ गतेदेखि लागु हुने गरि बसन्तलाई निमित्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।
यसअघि शिक्षाध्यक्ष भई उनले काम गरि सकेका छन् । बिगतमा पनि प्रतिष्ठानको बिभिन्न पदाधिकारी जिम्मेवारीमा रहि उनले काम गरिसकेको अनुभब छ । केही समय निमित्त उपकुलपति भएरपनि बसन्तले जिम्मेवारी सम्हालेका थिए ।
आफुलाई बिश्वास गरेर निमित्त शिक्षाध्यक्षको जिम्मेवारी दिने प्रतिष्ठानका उपकुलपति लगायत सबैलाई धन्यवाद दिँदै पदीय जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रतिष्ठानको प्रसुति बिभागको बिभागीय प्रमुख रहि लामो समयदेखि प्रसुति रोग विशेषज्ञकारुपमा आफ्नो चिकित्सा सेवा उनले दिँदै आएका छन् ।।