२०८१ मङ्सिर १६ गते आइतवार

घोराहीले चार महिनामा साढे १३ प्रतिशत बजेट खर्च



१४ मंसिर,घोराही-
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासीकमा कूल बजेटको साढे १३ प्रतिशत रकम खर्च गरेको छ । उपमहानगरपालिकाले आज समिक्षा कार्यक्रममा चालु तर्फ २४ दशमलब ९ र पूँजीगत तर्फ १ दशमलब ६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो ।

उपमहानगरका सूचना अधिकृत भीमबहादुर चौधरीले चालु आर्थिक बर्षमा २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँ बजेट रहेको र चार महिनामा २९ करोड ९३ लाख ४१ हजार ४ सय ६३ रुपैयाँ खर्च भएको जानकारी दिनुुभयो ।

साथै उहाँले पूर्वाधार महाशाखामा ठूलो योजनाहरु ठेक्का टेण्डरमा गएको र सबै आयोजनाहरु सम्झौता सँगै कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुुभयो ।

चार महिनामा नगर भित्र भुुकम्प प्रतिरोधी एक सय ७ वटा घर बनेका छन् भने न्यायीक समितिमा ५७ वटा बिबादहरु दर्ताभएको र २३ वटा मिलापत्र गरेको उपमहानगरले जनाएको छ । १९ वटा वडाहरुले चार महिनामा ५ करोड ९९ लाख ६१ हजार ४ सय ४१ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

त्यसैगरी, नगरमा विभिन्न सेवा शूल्क तथा दस्तुरबाट एक करोड ७७ लाख ८३ हजार ५ सय ७५ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकृत चौधरीले जानकारी दिनुुभएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले दोस्रो चौमासीकमा कामको प्रगति देखिने गरी कामलाई अघि बढाउन महाशाखा, शाखा एवं वडा सचिबहरुलाई निर्देशन दिनुुभएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्