२०८१ मङ्सिर १६ गते आइतवार

तुलसीपुर खानेपानीमा पदाधिकारीबीच विवाद



१४ मंसिर,घोराही –
तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका पदाधिकारीहरूबीच पुनः विवाद देखिएको छ । कार्यकाल सकिएको दुई वर्षसम्म पनि साधारणसभा र अधिवेशन गर्न नसकेको तुलसीपुर खानेपानीबाट संस्थाका अध्यक्ष खेमराज वलीले केही समय अगाडी राजीनामा दिइसक्नुभएको छ ।

अध्यक्षको राजीनामा पछि विवादित बन्दै गएको कार्यसमिति पछिल्लो समय उपाध्यक्ष र अन्य पदाधिकारीबीच भएको विवाद सतहमा देखिन थालेको हो । उच्च अदालत तुलसीपुरले एक महिनाभित्र खानेपानीको नयाँ नेतृत्व चुन्न दिएको आदेशलाई पदाधिकारीहरूले नै फरक–फरक व्याख्या गर्दै आफू अनुकूलका सूचनाहरू सार्वजनिक गर्दै आएका छन् ।

सचिव मनोज लामिछानेको हस्ताक्षरमा आज तुलसीपुर खानेपानीको पार्षद् भेला गरिएको छ भने १८ गते उपाध्यक्ष गिरिधारी पौडेलले सूचना जारी गर्दै साधारणसभा बोलाउनुभएको छ ।

संस्थामा कार्यसमितिको मनोमानी बढ्दा अनियमितता भएको भन्दै संस्थाका पूर्वकर्मचारी यमुना शाहले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्