२०८१ माघ १२ गते शनिवार

एमाले अध्यक्षमा ओली पुनः निर्वाचित



१४ मंसिर,घोराही– नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।

एमालेमा नेतृत्व चयनका लागि पहिलोपटक विद्युतीय मतदान मेसिन प्रयोग भएको थियो । केन्द्रीय निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरपछि गर्दैछ । अध्यक्ष ओलीले सहमतिका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम घोषणा गरे पनि रावलसहितका नेताहरुले असन्तुष्टि जनाएपछि केही पदाधिकारीसहितका पदमा निर्वाचन भएको हो ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । एमालेमा २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्