२०८१ फाल्गुन ३ गते शनिवार

वैदेशिक रोजगार कार्यालयद्धारा श्रम स्वीकृति लिएर मात्र टिकट काट्न आग्रह



१५ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न आग्रह गरेको छ ।

आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु कामहरु पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले आग्रह गरेको हो ।

यही कुरालाई मध्यनजर गर्दै कार्यालयले हिजो आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ । अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेलाई कुनै पनि बहानामा टोकन अगाडि सार्ने काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने पनि वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्