१४ कार्तिक, घोराही – सल्यानी सेवा समाज दाङले तिहारको अवसरमा घोराहीस्थित होटल पौंवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जन्मस्थान सल्यानभै हाल दाङका विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएका सल्यानीहरुको भेटघाटसँगै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।
यस्तै, समाजलाई चलायमान बनाउनको लागि दिपेन्द्र रावतको नेतृत्वमा ७ सदस्यहरू चयन गरिएको छ । जसको सदस्यमा विपिन आचार्य,सुधाकर श्रेष्ठ, दिपेन्द्र राई, सन्ध्या श्रेष्ठ , रमन शर्मा र सन्तोष लामिछाने रहनुभएको छ । यस्तै सल्लाहकारमा श्याम रेग्मी, डा.कृष्णराज डि.सी, दिपक शर्मा (समिर), नारायण प्रसाद श्रेष्ठ, नवराज देवकोटा र कमलमणि देवकोटासहित पाँच जनालाई चयन गरिएको छ ।
सबै सल्यानीहरुलाई समेटेर समाज गठनको सम्पुर्ण प्रक्रिया पूरा गरी गैरराजनीतिक,गैरनाफामूलक एक विशुद्ध सामाजिक संस्था गठन गरिने समाजका संयोजक दिपेन्द्र रावत बताउँनुभयो। समाजको प्रमुख उदेश्य दाङका विभिन्न ठाउँमा छरिएर रहेका सल्यानीहरुलाई एकीकृत गर्दै जिल्लावासीलाई आइपरेका समस्यामा सघाउ पुर्याउनुको साथै नेपालमा समेत सामूहिक लगानी र जिल्लाको विकासमा चौतर्फी बिकासमा सहयोग पुर्याउने रहेको समाजले जनाएको छ ।।