१३ कार्तिक,घोराही –
दाङमा मंसिर १ गतेदेखि फोटो स्टुडियोहरुमा नयाँ दररेट लागुहुने भएको छ । बाहिरबाट आउने कच्चापदार्थको मुल्य आकासिएसँगै कन्टेनरको भाँडादर पनि दोब्बर हुने भएकाले दाङका फोटो सम्बन्धी कलर ल्याब तथा फोटो स्टुडियोहरुमा नयाँ रेटलिस्ट लागु गर्न लागिएको हो ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनको १३ औं साधारण सभाले २०७८ मंसिर १ गते देखि लागु हुने गरि दररेट वृद्धि गर्ने निर्णय गरेको दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त न्यौपानेले जानकारी दिनुभयो ।
मंसिर १ गतेदेखि लागु हुने गरि हालसम्म अर्जेन्ट फोटो एक सय ५० बाट वृद्धि भएर अब २००, नर्मल फोटो १०० बाट वृद्धि भएर अब १५० हुने भएको छ । साथै सबै प्रकारका फोटोहरुको दररेटमा वृद्धि भएको एशोसियसनका उपाध्यक्ष मिनराज महराले जानकारी दिनुभएको छ । दाङका फोटो स्टुडियोहरुले २०७२ साल देखि एउटै दररेटमा कारोवार गर्दै आएका थिए ।।