२०८२ बैशाख १८ गते बुधवार

दाङमा तरकारीको मुल्य आकाशियो



१३ कार्तिक,घोराही –
दाङमा अहिले तरकारीको मुल्य निकै आकाशिएको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसहित प्याज, आलुलगायतका तरकारीको भाउ बढ्दै गएको हो । छिमेकी देश भारतबाट आयात हुने गरेको आलु, प्याजलगायतका हरियो तरकारी थोरै मात्रामा आउन थालेपछि अहिले स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको तरकारी व्यवसायीहरुले बताएका छन् ।

कृषि उपज बजार संचालक समिति घोराहीको तरकारी बजारमा हरियो केराउ ३ सय रुपैयाँ प्रतिकेजी, करेला १ सय रुपैयाँ प्रतिकेजी, खुर्सानी १२० रुपैयाँ प्रतिकेजी, प्याज १ सय देखि १२० रुपैयाँ, टमाटर १ सय देखि १२० प्रतिकेजीमा बिक्रि भईरहेको छ ।

थोक तरकारीको व्यापार गर्दै आउनुभएका तरकारी व्यवसायी समिति अध्यक्ष विष्णुप्रसाद रिजालका अनुसार पुरानो सेतो आलु ६० रुपैयाँ प्रतिकेजी र रातो आलु ८० रुपैयाँ प्रतिकेजीमा बिक्रि भईरहेको छ ।

यसैगरी, नयाँ आलु १२० रुपैयाँ प्रतिकेजी, घिउ करेली ७० देखि ८० रुपैयाँ प्रतिकेजी, सिमि १४० रुपैयाँ प्रतिकेजी, कांक्रा एकसय रुपैयाँ प्रतिकेजी, फूलगोभी १२० देखि १४० रुपैयाँ प्रतिकेजीमा बिक्रि भईरहेको रिजालको भनाई छ । यो मुल्य दशैँभन्दा अझ बढेको उहाँले स्वृकार गर्नुभयो । तरकारीको मुल्य दिनानुदिन बढ्दै जानुमा स्थानीय उत्पादनको तुलनामा खपत धेरै भएको तरकारी व्यवसायीहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्