१२ कार्तिक,घोराही –
तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने भन्दै नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै सुरक्षा जाँच कडा पारिएको हो ।
सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । आफगानीहरु नेपाल प्रवेश गर्नका लागि भारतीय अधारकार्डको प्रयोग गर्नसक्ने शंका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो ।
आफगानिस्तानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेका छन् । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार दुई दिनअघि संयुक्त सुरक्षा अधिकारीहरुको बैठक बसेर अफगानीहरु नेपाल प्रवेश गर्नसक्ने भन्दै निगरानीका लागि निर्णय गरिएको छ ।।