१३ कात्तिक,घोराही –
केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । दाङसहित देशभर बिस्तारै चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्याे भने एक्कासी न्यूनतम तापक्रम कम भएर चिसो ह्वात्तै बढ्न सक्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
तर अहिले पानी पार्ने कुनै प्रणाली नदेखिएकाले तत्काल पानी पर्ने र ह्वात्तै चिसो बढ्ने सम्भावना भने छैन । एक, दुई डिग्री सेल्सियसले तापक्रम घट्दै गएको भए पनि चिसो अनुभव हुन थालेको छ । बिहान हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।।
प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार