२०८१ मङ्सिर १६ गते आइतवार

प्रधानन्यायाधीशलाई राजीनामा गर्न पाँच दिनको अल्टिमेटम, दबाबमूलक आन्दोलनको घोषणा



१३ कात्तिक,काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई पदबाट राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको छ । बारले राणाको राजीनामा माग गर्दै दबावमुलक आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

हिजो (शुक्रबार) बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बारको आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वानसमेत गरेको छ ।

आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ ।

न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाे भन्दै राणाकाे राजीनामा मागेकाे बारले सर्वोच्चको इजलासमा बसेर प्रधानन्यायाधीशले आदेश वा फैसला नगर्नसमेत माग गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्