२०८१ चैत्र १३ गते बुधवार

भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु



१४ कात्तिक। नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्