२०८१ चैत्र ११ गते सोमवार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कञ्चनपुर कार्यालय सचिव महरा पक्राउ



१४ कात्तिक ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन् ।

कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

आफ्ना पार्टी सचिव पक्राउ परेपछि नेकपा कञ्चनपुरले महराको स(सम्मान रिहाईको माग गरेको छ । महरालाई प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको उसले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्